कुम्मायक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण हुँदै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण हुँदै

पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण आज बाट सुरु गरिएको छ ।

गाउँपालिकाको केन्द्रमा रहेको मेगा बैक शाखा यासोक बाट सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या १४ सय ९५ जना रहेका छ्न । जसमध्ये ७० बर्ष उमेर नागेका ज्येष्ठ नागरिक भत्ता पाउनेको सङ्ख्या जम्मा ८ सय ७९ जना रहेका छन भने ६० बर्ष देखि ७० बर्ष सम्मका दलित एकल महिला ज्येष्ठ नागरिक भत्ता पाउनेको सङ्ख्या ८३ जना रहेका छ्न । त्यसैगरी ६० बर्ष माथिका ज्येष्ठ नागरिक एकल महिलाको सङ्ख्या १ सय ४० जना रहेको गाउपालिकाको सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका मदन थापाले बताए ।

यसैगरी महिला बिधवा आर्थिक सहायता अन्तर्गत भत्ता पाउनेको सङ्ख्या जम्मा १ सय ५३ जना रहेको जनाइएको छ भने पुर्ण अपांगताको भत्ता पाउने ‘क’ बर्गका जम्मा ४८ जना रहेका छ्न । त्यसैगरी ‘ख’ बर्गका अति अशक्त अपांगता भत्ता पाउनेको सङ्ख्या ७५ जना रहेको र दलित बालबालिकाका लागि पोषण भत्ता अन्तर्गत सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या १ सय १७ जना रहेको पनि थापाले बताए ।

गत अर्थिक बर्षको ७७÷७८ मा सामाजिक सुरक्षा भत्ता अन्तर्गत कुम्मायक गाउपालिकाले बैकिङ प्रणाली बाट बार्षिक ४ करोड ३७ लाख ८६ हजार २६ पैसा बितरण गरेको थियो भने यस बर्षको आर्थिक बर्ष ७८÷७९ मा त्रैमासिक रुपले बार्षिक बितरण हुने सामाजिक सुरक्षा भत्ताको रकम ५ करोड ४८ लाख रुपैयाँ तथ्यांकमा उल्लेख भएको थापाले बताए ।

सोमबार देखि नियमित रूपमा बैकिङ प्रणाली बाट बितरण हुने सामाजिक सुरक्षा भत्ताले असहाय अशक्त र ज्येष्ठ नागरिकलाई थप जिउने राहत मिलेको सरोकारवालाको भनाइ छ । सरकारले तिनतिन महिनामा दिएको सामाजिक सुरक्षा भत्ता पाएपछी गाउँपालिकाका अशक्त अपांग तथा एकल बिधवा महिला साथै ज्येष्ठ वृद्धबृद्धाहरु खुशी भएका छन ।

सम्बन्धित खवर