- आन्छुमे नसान
माङसेबुङ । द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा पुष्पाञ्जली तिलिङ (चाप्पेतीको आमा) र रुक्साना लिम्बूको अभिनय रहेको मर्मस्पर्शि गीत ‘मेरी आमा’ सार्वजनिक गरिएको छ ।
गीतकार तथा संगीतकार विपेन सुव्वाको शव्द तथा संगीतमा सन्तोष बस्नेतको निर्देशन रहेको गीत ‘मेरी आमा’ ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
आमा छोरीको ममता दर्साईएको भिडियोमा दिपेन वस्नेतको छायाँकन तथा सम्पादन, सुरेन ठकुरीको मेकअप, दिनेश लामाको लाईट, दिनेश राज शिवाकोटीको प्रडक्सन रहेको छ ।
मिना सुव्वाको निर्माणमा रोशन बान्तावाको संगीत संयोन रहेको गीतको भिडियोको पेष्टर डिजाईन सञ्जीव कडेलको रहेको छ ।
भिडियो हेर्नुहोस…