आन्छुमे नसानको निर्देशनमा ‘आलुङमाईन केघान्दुआङ’ को छायाँकन सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आन्छुमे नसानको निर्देशनमा ‘आलुङमाईन केघान्दुआङ’ को छायाँकन सम्पन्न

दमक । सञ्चरकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू भाषाको मर्मस्पर्शि गीत ‘आलुङमाईन केघान्दुआङ’ को छायाँकन सम्पन्न गरिएको छ ।

गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीत तथा सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘आलुङमाईन केघान्दुआङ’ को छायाँकन सोमबार र मंगलबार सम्पन्न गरिएको हो ।

मोडल तथा निर्देशक अनिस लावती, दिपिका सेर्मा, भावना लावती र दीप राईको अभिनय रहेको भिडियोलाई पुष्प किराती र सेलिङ सेन्दोले छायाँकन गरेका छन् । यस्तै सम्पादन सुजन श्रेष्ठको रहेको छ ।

मोरङको जाँते र लेटाङको राजारानी ताल लगायतका रमणिय स्थलहरुमा छायाँकन गरिएको भिडियो चार्डै संगीत दर्पण नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिने निर्देशक आन्छुमे नसानले बताए ।

 

सम्बन्धित खवर