मन्त्री आङ्बोद्वारा कुम्मायक गाउँपालिकाको दुई ठुला आयोजनाको अनुगमन - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मन्त्री आङ्बोद्वारा कुम्मायक गाउँपालिकाको दुई ठुला आयोजनाको अनुगमन

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाचथर जिल्लाको कुम्मायक गाउँपालिकामा रहेको दुई ठुला आयोजनाहरुको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले शुक्रबार अनुगमन गरेको छ ।

सम्झौता मिति म्याद सकिदा समेत सदरमुकाम फिदिम जोडिने सरखण्डे यासोक सडक खण्डको कालोपत्रे निर्माणकार्य र गाउँपालिकामा निर्माणाधीन आवासीय भवन निर्माण आयोजनाको काम सुस्त गतिमा मात्र काम भइरहेकोमा मन्त्री आङ्बोले त्यसो नगर्न आग्रह गरे ।

अनुगमनको क्रममा सरखण्डे यासोक कालोपत्रे सडक निर्माणकार्यका लागि बजेटको कुनै अभाव नहुदा समेत निर्माण व्यावसायिले सुस्त गतिमा मात्र योजनाको काम गर्नु औचित्यपूर्ण नभएको मन्त्री आङ्बोको भनाइ थियो । निर्माण कम्पनीले बिना कारण ढिला सुस्ती काम गर्नुका साथै योजनाको काम अलपत्र पारेर नागरिकलाई धुलोको मारमा पार्नु नमिल्ने बताए ।

द्रुत गतिमा योजनाको काम सम्पन्न गर्न पटकपटक पत्राचार गर्दा समेत कुनै जवाफ नआउनुको पछाडि निर्माण व्यावसायिको चरम लापरबाही नै रहेको मन्त्री आङ्बोले बताए ।

यसैगरी सडक आसपासमा रहेका खानेपानीको पाइपलाइन ब्यबस्थापन तथा बजार क्षेत्रमा रहेका केहि अबरोधहरु हटाउन खानेपानी समिति र सम्बन्धित निकाय गाउँपालिकाले पनि यसबारे गम्भीर चासो लिएर सहयोग गर्नुपर्नेमा आङ्बोले जोड दिए ।

यसैगरी मन्त्री आङ्बोले कुम्मायक गाउँपालिकामा निर्माणाधीन आवासीय भवनको निर्माणकार्य किन ढिलो भएको भन्दै निर्माण ब्यबसायिलाई प्रश्न गरे । यो योजनाको काम छिटोभन्दा छिटो सम्पन्न गर्न शहरी बिकास भवन कार्यलय इलाम र निर्माण ब्यबसायिलाई निर्देशन दिए ।

पटकपटक म्याद थपेर अटेर गरि नागरिकलाई सास्ती दिने कुनै पनि निर्माण ब्यबसायी कम्पनीहरुलाई कानुनी दायरामा उभिनुको बिकल्प नरहेको मन्त्री आङ्बोको भनाइ थियो । भवनको सौचालय र क्यान्टिन निर्माणकार्यमा ढिलाइ साथै यसोक बजारको कालोपत्रे निर्माणमा गुणस्तरहिन काम भएको भन्दै नागरिकको गुनासो भएपनि काम गर्ने क्रममा भएका कमिकम्जोरिलाइ सुधार गर्दै लगे मात्र सच्चा रास्ट्र सेवक बन्न सकिने मन्त्री आङ्बोको भनाइ थियो ।

अनुगमनमा सहरी बिकास भवन कार्यलय इलाममका प्रमुख रुद्र नारायण मिश्र कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ उपाध्यक्ष सीता आचार्य साथै सडक निर्माण ब्यबसायी सञ्चारकर्मी र नागरिक सरोकारवाला हरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर