वडा कार्यलयको भवन मन्त्री आङबोद्वारा उद्घाटन - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडा कार्यलयको भवन मन्त्री आङबोद्वारा उद्घाटन

  • पदम सुखी सम्वाहाम्फे

कुम्मायक । फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यलय भवन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शुक्रबार उद्घाटन गरेका छन् ।

गाउँपालिकाको मेहेलबोटेमा ५१ लाख ७५ हजार ७ सय २ रुपैयाँको लागतमा भवन निर्माणकार्य सम्पन्न भएको हो ।

कार्यक्रममा नरेन्द्रप्रसाद रिजाल सितादेवी अधिकारी डुर्न प्रसाद रिजाल र गङ्गादेवी रिजालले वडालाई ३ रोपनी ४ आना जग्गा निशुल्क प्रदान गरेको जनाइएको छ । सो कार्यक्रममा अन्दाजी ६ लाख मूल्य बराबरको निशुल्क प्रदान गर्ने जग्गादाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

भवन उद्घाटन गर्ने क्रममा मन्त्री आङ्बोले पुर्वाधार बिकासले गति लिएको बताउनु भयो । राजनीतिक आस्था फरकफरक भएपनि बिकास निर्माणका कार्यमा पुर्वाग्रह नराखी सबै एकजुट भएर अघि बढ्नुपर्ने मन्त्री आङ्बोको भनाइ थियो ।

‘गाउँपालिकाको अधिकाङ्स स्थानमा निर्माणाधीन रहेका सडकको स्तर उन्नतिमा प्रदेश सरकार सधै तत्पर रहनु पर्छ’ मन्त्री आङ्बोले भन्यो– ‘राजनीतिक अस्थिरताले मुलुक किचोलिरहेको छ । बिशेष गरेर एम सि सि को कुराले त झन सदन र सडक तातिरहेको अवस्था छ, गठबन्धनको सरकार कतिबेला के हुने भन्ने आशङ्का बढ्दै गएको छ ।’

एम सि सि पास गर्नु हुन्न भन्ने कुरा होइन तर त्यहाँ भित्र रहेका बुदाहरु संसोधन गर्नुपर्छ भन्ने मन्त्री आङ्बोको भनाइ थियो ।

कार्यक्रममा फाल्गुनन्द गाउपालिका अध्यक्ष बिरबहादुर कुरुम्बाङ उपाध्यक्ष देबित्रा आङ्देम्बे र प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर