- आन्छुमे नसान
काठमाडौं । गायीका दीपा सुहाङको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘यौवन’ सार्वजनिक गरिएको छ ।
गीतकार लालगोपाल सुवेदीको शब्द भावहरुमा संगीतकार नारायण रायमाझीको संगीतमा सजिएको गीत ‘यौवन’ रीमा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतका ओरिजिनल गायक भने राजेशपायल राई हुन् । मनोज खड्काको संगीत संयोजन रहेको गीतमा श्याम स्वेत रसाइलीको मिक्सिङ रहेको छ भने रेकर्डिङ रीमा स्टुडियोमा गरिएको हो ।
निकै आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा छायाँकन तथा सम्पादन मिराज अर्यालले गरेका हुन् ।
भिडियो हेर्नुहोस…