प्रदेश १ को नाम कोशी प्रदेश : ओली - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ को नाम कोशी प्रदेश : ओली

बिर्तामोड । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्नु पर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश नम्बर १ को प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

थुप्रै पहिचान जोडिएको प्रदेशलाई साझा रूपमा कोशी सभ्यताले समेट्ने दावी गर्दै ओलीले पहिचानका नाममा अनावश्यक बखेडा निकाल्न नहुने जिकिर गरे ।

८ हजार मिटर भन्दा अग्ला हिमश्रृङ्खलाले सुसज्जित र त्यहाँबाट बगेर आएको कोशी नदीले सिन्चित क्षेत्र नै प्रदेश १ भएको ओलीको भनाइ थियो ।

 

 

 

सम्बन्धित खवर