सुनिता संयक र पेपराज माबुहाङको ‘सिटी सफारी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता संयक र पेपराज माबुहाङको ‘सिटी सफारी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका सुनिता संयक लिम्बू र गायक पेपराज माबुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सिटी सफारी’ सार्वजनिक गरिएको छ ।

गीतकार अनुकला राईको शव्दभावहरुमा संगीतकार सन्जय तुम्बाहाङफेको लय संकलन रहेको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सिटी सफारी’ भिज्युवल आट्र्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

हरि इवाहाङ लिम्बूको कथा तथा निर्देशन र सगुन गौतमको सहायक निर्देशनमा हरि बहादुर घलेको छायाँकन रहेको भिडियोमा सुशिल चेम्जोङ र सविता याक्खाले अभिनय गरेका छन् ।

भुपेन्द्र अधिकारीको सम्पादन्, रेनिश फागोको कलरिङ, एडम लिम्बूको ड्रोन र महेश सिग्देलको मेकअप रहेको भिडियोमा सागर सरगम चेम्जोङ, कमल चेम्जोङ, बादल चेम्जोङ, सुरेन हाङगाम लिम्बू, सुप्रिया राई, मौसमी मगर, युवराज राई इसिका राई, इन्द्र राई र सविना कुरुम्बाङको समेत अभिनय रहेको छ ।

राजु कार्कीको संगीत संयोजनमा सुरेश राई र मनोज राईको रेकर्डिङ रहेको गीतलाई स्टुडियो किङगमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर