हाङको निर्देशनमा पुष्पाञ्जली, केन्जल र अनिल अभिनित ‘सेप्माङमो निने’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा पुष्पाञ्जली, केन्जल र अनिल अभिनित ‘सेप्माङमो निने’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक आङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिलिङ(चापेतीको आमा) केन्जल योङहाङ, अनिल पन्धाक लिम्बू र लिदिया लोवा अभिनित लिम्बू गीत ‘सेप्माङमो निने’ को भिडियो सार्वजनिक भएको छ ।

गीतकार तथा गायीका मिजिरा सम्बाहाम्फेको शव्दभाहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायक हरि तुम्रोक लिम्बू र गायीका मिसाम सम्बाहाम्फेको सुमधुर आवाजमा सजिएको मनछुने लिम्बू गीत ‘सेप्माङमो निने’ को भिडियो हरि लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

एउटा सानो अनि सुखि परिवारको प्रेम, रोमान्स र बिछोड अनि पिडालाई प्रस्तुत गरिएको भिडियोमा मनोज राईको छायाँकन तथा सम्पादन र अस्मिता राईको मेकअप रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईको रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर