- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय संगीतकार डि.आर.अटुको शव्द तथा संगीतमा द भ्वाइस अफ किड्सका प्रतिश्पर्धी पेमा दिछेन तामाङ र गायक संगम सेर्माको सुमधुर आवाजमा पूर्वेली लोक भाकामा सजिएको गीत ‘सुपारी कुटुक्कै’ सार्वजनिक भएको छ ।
दिनेश माङमुको निर्देशनमा पूर्वेली लोक भाकामा सजिएको गीत ‘सुपारी कुटुक्कै’ भिडियो नेपाल मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
पुर्वेली लोक संस्कृति र परम्परागत सभ्यतालाई उजागर गरिएको भिडियोमा विल्सन विक्रम राई, पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन, रुद्ध पाहिम, चन्द्र गोले तामाङ र प्रिया लिम्बुले अभिनय गरेका छन् ।
निरु लाबती लिम्बुको निर्माणमा बुद्ध थापाको छायाँकन अनिल रानाको सम्पादन रहेको भिडियोमा सुजिना राई र अनिता ग्वाछाको मेकअप रहेको छ ।
गीतलाई राजु कार्कीको संगीत संयोजनमा लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा मा रेकर्ड गरिएको हो ।
भिडियो हेर्नुहोस…