माङसेबुङको मार्चेबुङमा पत्रकारिता तालिम सुरु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङको मार्चेबुङमा पत्रकारिता तालिम सुरु

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ४ स्थित मार्चेबुङमा पत्रकारिता प्रशिक्षण तालिम बुधबार सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा तालिम सुरु भएको हो ।

युवाहरुलाई पत्रकारिता सम्बन्धी आधारभूत ज्ञान र सीपको विकास गरी स्थानीय तहका गतिविधिहरुलाई आम नागरिकसम्म र्पुयाउन सहयोग गर्ने उद्देश्यले संचालित तालिममा वडाका १८ जना युवाहरुको सहभागिता रहेको छ ।

तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका संघीय सचिव कमन देवानले सहजीकरण गरिरहेका छन् । तालिम शुक्रबारसम्म संचालन हुनेछ ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङहाङको अध्यक्षता भएको तालिमको उद्घाटन वडा सदस्य सन्त विश्वकर्माले गरेका थिए ।

वडा सदस्य विश्वकर्माले पहिलोपटक आफ्नो वडामा पत्रकारिता सम्बन्धी तालिम संचालन गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए ।

कार्यक्रमको संचालन नयाँ बुलन्दका उपसम्पादक अतित योङहाङले गरेका थिए ।

 

सम्बन्धित खवर