- आन्छुमे नसान
माङसेबुङ । कलाकार तथा निर्देशक जीवन बायुङ राईको निर्देशनमा गायीका जमुना राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘नलेखिने कथा’ को भिडियो सार्वजनिक भएको छ ।
गीतकार मदन माबोको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको मनछुने गीत ‘नलेखिने कथा’ को भिडियो चित्र मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
नारी हिंसा बिरुद्ध अघि बढ्नु पर्छ भन्ने सन्देश बोकेको, कविता लोप्चनको कथा, परिकल्पना तथा मेकअपमा रश्मिला तामाङ र आशिस लामाको अभिनय रहेको भिडियोमा छायाँकन, सम्पादन तथा कलरिङ चित्र मिडियाको रहेको छ ।
राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मुस्कान मुकारुङ राईले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस…