हाङको निर्देशनमा ‘मायालुको सम्झना’ को छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा ‘मायालुको सम्झना’ को छायाँकन सम्पन्न

  • आन्छुमे नसान

माङसेबुङ । अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा गीतकार सरिता राईको गीत ‘मायालुको सम्झना’ को छायाँकन सम्पन्न भएको छ ।

लोकप्रिय गायीका श्रेयसी चेम्जोङको आवाजमा संगीतकारद्वय डि आर अटु र कृष्ण भक्त राईको संगीतमा सजिएको गीत ‘मायालुको सम्झना’ को ललितपुरको सुन्दर तथा रमणिय स्थल देउराली डाडाँमा छायाँकन सम्पन्न भएको हो ।

इशाक जबेगुको छायाँकन तथा सम्पादन रहेको भिडियोमा फुलेन्देकी आमा (उमेश राई) र बिमला खजुमको अभिनय रहेको छ ।

नीमा बाबु तामाङको कोरियोग्राफीमा सञ्जु थलङ र आयुस्ना श्रेष्ठको मेकअपर रहेको पुर्बेली भाकाकामा फ्यूजन गरिएको गीतको भिडियो चाडैनै हाङस् प्रडक्सन युट्यूव चयानलबाट सार्वजनिक गरिने निर्देशक हाङ चेम्जोङले बताए ।

 

सम्बन्धित खवर