- आन्छुमे नसान
माङसेबुङ । गायीका दीपा सुहाङ लिम्बू र गायक इन्द्रशुसिल तिलिङ चोङबाङको सुमधुर आवाजमा सजिएको पुर्बेली गीत ‘नक्कले भेना’ को भिडियो सार्वजनिक भएको छ ।
गीतकार एस.पी.निङलेकु लिम्बूको शव्दभावहरुमा इन्द्रशुसिल तिलिङ चोङबाङको संगीतमा मिना लिम्बू नेम्बाङको अभिनय रहेको पुर्बेली गीत ‘नक्कले भेना’ को भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
निर्देशक रवि किरण मादेनको निर्देशनमा शिरकुमार साम्पाङ राईको छायाँकन तथा बसन्त वाम्बुले राईको सम्पादन रहेको भिडियोमा निसुम लिम्बू, सुनिता लिम्बु, सुजता साम्बा, लिला केदेम लिम्बू, मिना मादेम्बा, चन्द्र मादेम्बा, फुलमाया मादेम्बा, कुमारी पयाङगु, राजकुमारी लिम्बू, तुलसा वनेम, नम्रदा लिम्बू, प्रेम कुमारी लिम्बू, शेर कुमार तिलिङ चोङबाङ, केहेरसिं तिलिङ चोङबाङ, मिलन तिलिङ चोङबाङ, बिष्णु सोल्टी तिलिङ चोङबाङ, बिर्ख तिलिङ चोङबाङ, एल.बी. नेयोङ र थानाहाङ तिगेलाले समेत अभिनय गरेका छन् ।
धनु ग्याङमीको संगीत संयोजनमा किङग स्टुडियो काठमाण्डौ र म्यूजिक मिडिया धरानमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
भिडियो हेर्नुहोस…