नालीफुङवाको आयोजना लेटाङमा आज साँस्कृतिक साँझ हुदै - Mangsebung News
  • शनिबार, बैशाख १२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफुङवाको आयोजना लेटाङमा आज साँस्कृतिक साँझ हुदै

  • योगेश लावती

माङसेबुङ / किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो मोरङको आयोजनामा मोरङको लेटाङमा साँस्कृतिक साँझ हुदैंछ ।

आज(विहिवार) मोरङको लेटाङ स्थित किरात हाङसाम माङहिमको प्राङगणमा लोकप्रिय कलाकारहरुको उपस्थितिमा समाजसेवी तथा ब्यवसायी युवा ब्यक्तित्व त्रिभुवन लुङ्फुङ्वा लिम्बुको प्रमुख आतिथ्यमा सांस्कृतिक साँझ हुने भएको हो ।

किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो मोरङको पाचौ ऐतिहासिक जील्ला सम्मेलन तथा नालीफुङवा अक्षयकोष मोरङ सहयोग संकलनको लागि विविध सांस्कृतिक साँझ गर्न लागिएको किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो मोरङका अध्यक्ष आकाश लङवा लिम्बूले बताए ।

सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायक लेखनाथ चेम्जोङ, द भ्वाईस अफ किड्स नेपालका फाईनलिष्ट रुक्साना लिम्बू, पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ का विजेता तथा माङसेबुङ इकला बिजेता चोत्लुङहाङ केदेम लिम्बू, संगम थेबे, पुष्पहाङ किराती, निर्देशक तथा कलाकार अनिसहाङ लाओती, राजु पङ्धाक, राज लाबुङ साथै नालीफुङवा कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर