- आन्छुमे नसान
माङसेबुङ । गीतकार दिपेन्द्र खड्काको शव्दभावहरुमा सजिएको मनछुने गीत ‘म तिम्रो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक अर्जुन लिम्बू र गायीका सीता साम्बा लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘म तिम्रो’ को म्यूजिक भिडियो हाईलाईट्स नेपाल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
जनरानी चेम्जोङको कोरियोग्रफीमा पुर्ण लिम्बू र रेखा तुम्सा खड्काको अभिनय रहेको भिडियोमा बिनाद याक्खाको छायाँकन तथा सम्पादन, सोनु लिम्बूको मेकअप, बिशाल गोङबाको ड्रोन रहेको छ ।
पवन चाम्लिङ राईको संगीत तथा संगीत संयोजनमा द स्काई स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रदिप श्रेष्ठले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस…