इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको प्रतिनिधिसभा क्षेत्र १ को सूर्योदय नगरपालिकामा हुने बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन् ।
इलाम क्षेत्र १ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो । पछिल्लो चुनावमा खनाल यो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
आगामी चैत ६ गते आइतबार हुने बृहत जनसभामा १० हजारभन्दा बढीको सहभागिता रहने नेकपा एमाले इलामले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आमसभाको तयारीबारे जानकारी दिँदै नेकपा एमाले इलामका अध्यक्ष एवम् इलाम नगर प्रमुख महेश बस्नेतले १० हजारभन्दा बढी शुभेच्छुक सभामा सहभागी हुने जानकारी दिए । उनले सूर्योदयमा ओलीको पहिलो कार्यक्रम भएकाले सहभागिताका लागि कार्यकर्ता उत्साहित भएको बताए ।