नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भुपेन्द्र थापा मगरलाई - Mangsebung News
  • मङ्गलबार, कार्तिक ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भुपेन्द्र थापा मगरलाई

काठमाडौं । नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भुपेन्द्र थापा मगरले जितेको छ ।

एपी वान् एच डी टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालीटी सो नेपाल आइडल सिजन–४ को शनिबार राति भएको फिनालेबाट चार प्रतिस्पर्धीलाई पछि पार्दै भुपेन्द्र थापा मगरले नेपाल आइडल सिजन–४ को उपाधि जितेको हो ।

उपाधि जितेसँगै उनले ३० लाख रुपैँया र ट्रफी पाए छन् । त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन् । उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन् । उनले ३ लाख रुपैँया र ट्रफी पाए ।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका छन् ।

सम्बन्धित खवर