भूपेन्द्रको निर्देशनमा दिपेन्द्रको ‘शिरबन्दी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भूपेन्द्रको निर्देशनमा दिपेन्द्रको ‘शिरबन्दी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गीतकार तथा संगीतकार दिपेन्द्र खड्काको शव्द तथा संगीतमा सजिएको पुर्वेली भाकाको गीत ‘शिरबन्दी’ को भिडियो सार्वजनिक भएको छ ।

छायाँकार तथा निर्देशक भूपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायाँकनमा बिनोद बस्नेत, रेखा तुम्सा खड्का, बादल श्रेष्ठ र सिता साम्बा तुम्साको अभिनय रहेको पुर्वेली गीत ‘शिरबन्दी’ को भिडियो युमा आर्टस् अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

दिनेश माङमुको कोरियोग्रफीमा गायीका श्रेयसी चेम्जोङ र गायक अर्जुन साम्बाको सुमधुर आवाजमा सजिएको भिडियोमा अर्जुन न्योपानेको सहायक छायाँकन, कलपना लिम्बूको मेकअप तथा अनिल रानाको सम्पादन रहेको छ ।

नारायण दंगालको संगीत संयोजनमा वेभ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई नरेन्द्र बियोगीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । भिडियोमा बाल कलाकार ड्रीम खड्का र प्रतिमा श्रेष्ठले समेत अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर