हाङ चेम्जोङको निर्देशनमा ‘ओ नुमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा ‘ओ नुमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा छाईरहेका निर्देश हाङ चेम्जोङको निर्देशनमा रोमान्टिक गीत ‘ओ नुमा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

कोरियामा रहँदै आएका साहित्यकार बियोगी काईलाको शव्दभावहरुमा संगीतकार शान्तिराम राईको संगीतमा लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको गीत ‘ओ नुमा’ को म्यूजिक भिडियो गायक प्रमोद खरेलको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

गोमा देवि चेम्जोङको निर्माणमा इशाक जवेगुको छायाँकन तथा सम्पादन रहेको भिडियोमा आनन सिंह र ‘मिस पुर्वेली–२०१५’ सुम्नीमा खापुङ लिम्बूले अभिनय गरेका छन् ।

कालिन्चोक, सिन्धुपाल्चोकको फ्लिमसिटि लगायतका विभिन्न सुन्दर ठाउँहरुमा छायाँकन गरिएको लिम्बू भाषाका प्रेमिल शव्दहरु समाबेश गरिएको रोमान्टिक गीतको भिडियोमा सञ्जु थलङको मेकअप, सञ्जोक र टीमको लाईट तथा राज दोङको सहायक निर्देशन रहेको छ ।

पदम रजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर