दमकमा याक्थुङ मुन्चइत चोक सयङको भेला सम्पन्न - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा याक्थुङ मुन्चइत चोक सयङको भेला सम्पन्न

दमक । याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्र संघ)को भेला सम्पन्न भएको छ । आज(विहिवार) झापाको दमक ८ स्थित युङजा होटलमा याक्थुङ मुन्चइत चोक सयङको भेला सम्पन्न भएको हो ।

भेलाले चोक सयङको लिम्बुवान प्रदेश तदर्थ समिति गठन र लिम्बू चलचित्र सम्बन्धि छलफल/बहस कार्यक्रम गर्ने तयारी रहेकोे जनाएको छ ।

जस्का लागि झापाको दमकमा अवस्थित गोर्खा डिपार्टमेण्टमाको सभाहलमा आगमी चैत २५ गते लिम्बू चलचित्र सम्बन्धी बिज्ञ, अग्रज चलचित्रकर्मी र लिम्बूवान प्रदेश (१ न. प्रदेश) भरिका मुन्चईतसंग सम्बन्धित सबैलाई भेला गराएर समिति गठन र लिम्बू चलचित्र सम्बन्धि छलफल/बहस कार्यक्रम गर्ने याक्थुङ मुन्चइत चोक सयङका सदस्य सागर केरुङले बताए ।

यसैगरि भेलामा मुन्चईतको राष्ट्रिय महाधिवेशन सम्बन्धमा सल्लाह, सुझाव र परामर्श लिने कार्य समेत भएको मुन्चइत चोक सयङका सदस्य केरुङले बताए ।

याक्थुङ मुन्चइत चोक सयङ्का केन्द्रीय अध्यक्ष सूर्य प्रकाश चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलामा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाका अध्यक्ष सेसेहाङ् फियाक, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक/वरिष्ठ साहित्यकार सेसेमी से.नाल्बो, याक्थुङ मुन्चइत चोक सयङ केन्द्रिय महासचिव विक्रम वनेम फागो, कोषाध्यक्ष राज शुक्र लिम्बू, सह कोषाध्यक्ष वविता फोम्बो, सदस्य सागर केरुङ, संचारकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसान, याक्थुङ लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङसेन पंधाक, रंगकर्मी चेतन आङ्थुप्पो, छायाँकार तथा संचारकर्मी प्रविन सेलिङ सेन्दो, कलाकार तथा निर्देशक अनिश लाओती, रंगकर्मी मौसम नेम्बाङ परिवर्तन, मन कुमार योङहाङ चापेतीको बुवा, राज खिम्दिङ, सूर्य आङ्बुहाङ, संचारकर्मी मुसाहाङ अम्याङ्सा, सङ्सेमी माङयुङ लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर