लिम्बुवान प्रान्तीय मञ्चद्वारा कृयाशिल सदस्यता वितरण - Mangsebung News
  • आइतबार, साउन २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवान प्रान्तीय मञ्चद्वारा कृयाशिल सदस्यता वितरण

मोरङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल उर्लाबारी नगरपालिका वडा नं. ३ कार्यसमितिको आयोजनामा बिहिवार पार्टी प्रवेश तथा कृयाशिल सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उर्लाबारीस्थित मंगलबारेमा सम्पन्न भेलामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सहसचिव सागर केरुङ, सचिवालय सदस्य हरिराज खिम्दिङ, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालका प्रान्तीय अर्थसचिव दिलु लिङ्देन लावती, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालमा पहिचान समिती सदस्य इन्द्र कुरुम्बाङ, जिल्ला सचिव बरुण लाबुङ, उर्लाबारी नगर अध्यक्ष चन्द्र पालुङ्वा लगायत नेताहरुको उपस्थित रहेको थियो ।

वडा कार्यसमितिका अध्यक्ष नरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नगर सचिव अञ्जु लिङ्देन सम्बाहाम्फेले सञ्चाल गरेको थियो ।

 

सम्बन्धित खवर