दमक । नेपाल समाबेसी पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश न. १ का प्रमुख चन्द्र बीर लिम्बू माङलाकको अध्यक्षतामा बीर गोर्खाली फौज घोषणा भएको छ ।
शनिबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गर्दै नेपाल समाबेसी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको उमेद्वार र जनसमुदायको सुरक्षाको निमित्त चन्द्र बीर लिम्बू माङलाकको नेतृत्वमा बीर गोर्खाली फौज तयारी गरिएको बिज्ञप्तिमा जनाएको छ ।
यसैगरि आगमी स्थानिय तहको निर्वाचनका लागि नेपाल समाबेसी पार्टीको तर्फबाट कमल गाउँपालिका वडा न. ५ को वडा अध्यक्षमा राम बहादुर थापको उमेद्वारी घोषाणा भएको छ । यस्तै वडा सदस्यमा सुप्रिया बजगाई ओझाको उमेद्वारी घोषाणा भएको छ भने कमल ६ का लागि वडा अध्यक्षमा सनिल राईको उमेद्वारी घोषाणा भएको छ ।