अखिल नेपाल महिला संघ दमक अध्यक्षमा पुनः क. सङबाङ्फे निर्वाचित - Mangsebung News
  • आइतबार, साउन २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अखिल नेपाल महिला संघ दमक अध्यक्षमा पुनः क. सङबाङ्फे निर्वाचित

दमक । अखिल नेपाल महिला संघ(क्रान्तिकारी) दमक नगर समितिको अध्यक्षमा पुनः क. इक्सा सङबाङ्फे (संगिता) निर्वाचित भएकी छन् ।

शनिवार झापा दमक ८ स्थित नगर पार्टी कार्यालयको भवनमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) केन्द्रीय उपाध्यक्ष क. रेणु चन्दको प्रमुख आतिथ्यता भएको दमक नगर समितिको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पुनः सङबाङ्फे निर्वाचित भएकी हुन् ।

समितिको उपाध्यक्षमा क्रमशः क. बन्दना नेम्वाङ सुब्बा, क. रमिला मिश्र, क.कल्पना तामाङ, सचिवमा क. समुद्र लामा, सह सचिवमा क. छमिला तामाङ, कोषाध्यक्षमा क. हेमन्तीदेवि गजुरेल सहित ७५ सदस्यीय नगर समिति चयन भएका छन् ।

नगर अध्यक्ष क.इक्सा सङबाङ्फे (संगिता)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम नगर सदस्य लक्की सिटौंलाले संचालन गरेकी थिइन् ।

 

सम्बन्धित खवर