- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार डम्बर नेपाली र लोकप्रिय गायीका दीपा सुहाङको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ रोमान्टिक गीत ‘जादु छ’ को भिडियो सार्वजनिक भएको छ ।
निर्देशक हाङ चेम्जोङको निर्देशनमा गायक तथा संगीतकार डम्बर नेपालीकै शब्द तथा संगित रहेको गीत ‘जादु छ’ को भिडियो शनिबार गायीका दीपा सुहाङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।
प्रेमील जोडीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको भिडियोमा रुकमान लिम्बू र दीपा सुहाङ लिम्बूले अभिनय गरेका छन् ।
यस्तै आयुस्ना श्रेष्ठको मेकअप तथा सुनिल र दीपकको लाईट रहेको भिडियोमा इशाक जवेगुले छायाँकन तथा सम्पादन गरेका छन् ।
महाराज थापाको संगित संयोजनमा ए प्लस रेकर्डिङ स्टुडियोमा कुसल थापाले रेकर्डिङ गरेको गीतलाई साजन शाहले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
भिडियो हेर्नुहोस…