माङसेबुङमा खोजमूलक पत्रकारिता तालिम सुरु - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा खोजमूलक पत्रकारिता तालिम सुरु

माङसेबुङ । इलामको माङसेबुङमा आइतबारबाट खोजमूलक पत्रकारिता तालिम सुरु भएको छ ।

हरप्रहर मिडिया प्रालिको आयोजना र माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन माङसेबुङ वडा नम्बर ६ का वडा अध्यक्ष प्रदिप साम्पाङ राईले गरेका थिए । प्रमुख आतिथिको हैसियतले कार्यक्रममा सम्बोधन गर्दै उनले वडा कार्यालयले स्थानीय युवाहरुलाई व्यवसायिक पत्रकारितातर्फ आकर्षित गर्न तालिम आयोजना गरिएको जानकारी दिए ।

हरप्रहरन्यूजका प्रतिनिधि एवम् तालिम संयोजक सुजन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माङसेबुङ वडा नम्बर ६ का इन्जिनियर काजीकुमार राई, वडा सचिव सृजना खड्का, इश्वरप्रसाद दाहाल, बाँझो स्वास्थ्य चौकीका प्रतिनिधिहरु कमला थेगिम, धर्मेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

तालिममा नयाँ र पुराना गरी ३ पुरुषसहित १० जनाको सहभागिता रहेको छ । हरप्रहर न्यूज डटकमका सम्पादक एवम् फोनिजका संघीय उपाध्यक्ष कमन देवान, रेडियो किङ्स एफएमका प्रबन्ध निर्देशक गोपाल झापाली लगायतले सहजीकरण गर्दैछन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा पनि माङसेबुङ वडा नम्बर ६ मा वडा सिलिङ बजेटमार्फत आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर