- पदम सुखी सम्बाहाम्फे
यासोक । लागू पदार्थ रहित स्वास्थ समुदायका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा रहेको पृथ्वी माध्यमिक बिधालयमा लागू औषध दुव्यर्सन विरुद्धको एकदिने प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बिधालयका विद्यार्थी किशोरी किशोरहरुलाई लक्षित गर्दै अभिभावक र शिक्षकहरुलाई समेत दुव्यर्सनबाट जोगिएर स्वास्थ जीवन जिउने भन्ने उपाय बारे प्रशिक्षण गराईएको थियो ।
बिधालयको भवनमा भएको सो प्रशिक्षण कार्यक्रममा लागू पदार्थ भनेको के हो ? लागू पदार्थ दुव्र्यसनबाट कसरी वच्न सकिन्छ ? लागू औषध दुव्यर्सनका चरणहरु जस्ता विभिन्न बिषयमा प्रशिक्षण गराइएको थियो ।
सह आयोजक कुम्मायक गाउँपालिका र प्रमुख आयोजक पुर्व प्रहरी सङ्ग्ठन जिल्ला कार्य समिति द्वारा संचालित सो कार्यक्रमको सहजिकरण इन्द्रप्रसाद ओलिले गरेका थिए । लागू औषधका कारण शरीरमा उत्तेजना र भ्रम शृजना हुने भएकोले महिला हिंसा घरेलु हिंसा, डिप्रेशन, सुसाइट जस्ता जघन्य अपराध घटना घटन सक्ने भएपछि किशोर किशोरीहरुको आत्मा सुरक्षाका लागि यो कार्यक्रम सन्चालनमा ल्याएको सहजकर्ता ओलिको भनाइ थियो ।
यो कार्यक्रम किशोर किशोरीका लागि मात्र नभएर अभिभावक सबैलाई उपयोगी हुने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ्ले बताए ।
पृथ्वी माध्यमिक बिधालयका प्रधानध्यापक ऋृषिराम गजुरेल तथा सम्पुर्ण शिक्षक र विद्यार्थीहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो ।