- आन्छुमे नसान
माङसेबुङ । एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा गीतकार सरिता राईको शव्दभावहरुमा सजिएको पुर्वेली सालैजो गीत ‘मायालुको सम्झना’ सार्वजनिक भएको छ ।
लोकप्रिय संगीतकार डि.आर. अटुको संगीतमा लोकप्रिय गायक कृष्ण भक्त राई र लोकप्रिय गायीका श्रेयसी चेम्जोङकोे सुमधुर आवाजमा सजिएको पुर्वेली सालैजो गीत ‘मायालुको सम्झना’ भिडियो हाङ चेम्जोङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
ललितपुरको देउराली डाँडामा छायाँङकन गरिएको भिडियोमा छायाँकन तथा सम्पादन इशाक जबेगुको रहेको छ भने, उमेश राई(फुलेन्देको आमा) र बिमला खजुमले अभिनय गरेका छन् ।
भिडियोमा नेम बाबु तामाङको कोरियोग्राफी, सन्जु थलङ र आयुस्ना श्रेष्ठको मेकअप रहेको छ भने, लिम्दुमी कृएशन स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
भिडियो हेर्नुहोस…