दमक । सञ्चरकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू भाषाको मर्मस्पर्शि गीत ‘आलुङमाईन केघान्दुआङ’ सार्वजनिक भएको छ ।
गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीत तथा सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘आलुङमाईन केघान्दुआङ’ को भिडियो मंगलबार संगीत दर्पण नेपाल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
मोडल तथा निर्देशक अनिस लावती, दिपिका सेर्मा, भावना लावती र दीप राईको अभिनय रहेको भिडियोलाई पुष्प किराती र सेलिङ सेन्दोले छायाँकन गरेका छन् । यस्तै सम्पादन सुजन श्रेष्ठ(ब्रदर्श प्रडक्सनस्)को रहेको छ ।
संगीत दर्पण नेपालको प्रस्तुतिमा मोरङको जाँते र लेटाङको राजारानी ताल र झापाको बेल्डागी लगायतका रमणिय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा प्रेमिल जोडीहरुको हाँसो, रोदन, मिलन र बिछोडको खुशी अनि पिडालाई प्रस्तुत गरिएको छ ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा सुम्निमा देवानको मेकअप रहेको छ । यस अघि गायीका सुमिला आङदेम्बेको आवाजमा उक्त गीतको फिमेल भर्जनमा सार्वजनिक भईसकेको छ ।
भिडियो हेर्नुहोस…