रुक्साना र यादनको ‘उडी जाउ बिदेश’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रुक्साना र यादनको ‘उडी जाउ बिदेश’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बू र लोकप्रिय गायक तथा संगीतकार यादन सेर्माको आवाजमा सजिएको मनछुने गीत ‘उडी जाउ बिदेश’ सार्वजनिक भएको छ ।

प्रवास यु.के.मा रहेर पनि लिम्बू तथा नेपाली गीत संगीतमा छाईरहेका गीतकार सुवर्ण नेम्बाङ(यम्बे)को शव्दभावहरुमा यादन सेर्माको संगीत रहेको मनछुने गीत ‘उडी जाउ बिदेश’ गायक तथा संगीतकार यादन सेर्मा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको लिप्सिङ भिडियोलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर