- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायीका मेचु धिमाल र चर्चाको शिखर बटुल्दै गरेकि बाल गायीका पेमा डिछेन तामाङको सुमधुर आवाजमा सजिएको गीत ‘ठुली र सनी’ भिडियो सार्वजनिक भएको छ ।
गायीका मेचु धिमालकै शव्द, संगीत, कथा, परिकल्पना, कोरियोग्राफी तथा निर्देशनमा मेचु र पेमाकै उत्कृष्ट अभिनय रहेको गीत ‘ठुली र सनी’ भिडियो मेचु धिमाल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
इशाक जवेगुको छायाँकन, सम्पादन तथा कलर रहेको भिडियोमा सन्जु थलङको मेकअप र धिरेन र सुनिलको लाईट रहेको छ ।
विसम आचार्यको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रकर्ड गरिएको हो ।
भिडियो हेर्नुहोस…