सागरको निर्देशनमा मोनिको ‘नुरिकाङ वयो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागरको निर्देशनमा मोनिको ‘नुरिकाङ वयो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । रंगकर्मी, कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार मोनि ताम्लिङको शब्द, संगीत र आवाजमा सजिएको गीत ‘नुरिकाङ वयो’को भिडियो बिहिवार ओपेरा इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन गरिएको भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ र नोगेन हाङ्सरुम्बाको अभिनय रहेको छ ।

ओपेरा इन्टरटेन्मेन्ट प्रा.लि.को निर्माण रहेको भिडियोमा सञ्जय आचार्यको छायाँकन, फुङ्सो जबेगुको ड्रोन र अमृता जबेगुको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर