बिक्रमको निर्देशनमा यादन र दीपाको ‘खाम्बोङबा सासे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रमको निर्देशनमा यादन र दीपाको ‘खाम्बोङबा सासे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा किरात लिम्बू भाषिक गीत ‘खाम्बोङबा सासे’को भिडियो सार्वजनिक भएको छ ।

गीतकार शान्ता केरुङको शव्दभावहरुमा गायक तथा संगीतकार यादन सेर्माको संगीतमा सजिएको किरात लिम्बू भाषिक गीत ‘खाम्बोङबा सासे’ को भिडियो यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

गायक यादन सेर्मा र गायीका दीपा सुहाङको सुमधुर आवाजमा सजिएको गीत ‘खाम्बोङबा सासे’ को भिडियोमा मोडल तथा निर्देशक अनिस लावती र नायीका तथा मोडल निसाम तुम्बापो लिम्बूले अभिनय गरेका छन् ।

कलाकार तथा निर्देशक दिनेश माङमुको कोरियोग्राफी तथा कार्यकारी निर्देशनमा धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङ परिसरमा छायाँकन गरिएको भिडियोमा छायाँकन तथा ड्रोन सुजन श्रेष्ठले गरेका हुन् भने मेकअप इश्वरी श्रेष्ठको रहेको छ ।

शान्ता केरुङको निर्माणमा अनिल थोप्राको पोष्ट प्रडक्शन रहेको भिडियोमा किरात साम्यो साम्थिम्गेन् पान्जुम्भो, माङसेबुङ, ईलाम र माङसेबुङ केःलाङ समूह माङ्सेबुङ–५, ईलामको कोरस नृत्य रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर