इलाम । फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।
कुटपिटको आरोपमा प्रहरीमा आफू विरुद्ध निवेदन दर्ता भएपछि राई सोमबार आफैं जिल्ला प्रहरी कार्यालयमा आएको र अनुसन्धान अघिबढाइएको प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
थापाका अनुसार कुटपिट तथा अभद्र व्यवहार गरेको मुद्दामा अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।
उपाध्यक्ष राईले आफूले नभनेको कुरालाई उपाध्यक्षले भनेकै हो भनेर आरोप लगाएपछि मुक्का हानेको स्वीकार गरेको बताइएको छ ।
उपाध्यक्ष राईलाई मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद समाधानका लागि भएको वार्ताको दिन फाकफोकथुम वडा १ का कृष्णबहादुर खड्कामाथि मुक्का प्रहार गरेको आरोप छ ।