- आन्छुमे नसान
माङसेबुङ । गायीका दीपा सुहाङ लिम्बू र गायक तानाम तान्छो लावती लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘फेरेम्मो चुम्से’को भिडियो सार्वजनिक भएको छ ।
गीतकार तथा संगीतकार प्रेम हाङसेन लावतीको शव्द तथा संगीतमा सजिएको गीत ‘फेरेम्मो चुम्से’को भिडियो तानाम तान्छो लावती अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको लिम्बू संस्कार संस्कृति झल्कने हाक्पारे ख्याली र पालाम समेत समावेश गरिएको गीतको भिडियोलाई इसाक जवेगुले छायाँकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस…