सरकारद्वारा २० देशका लागि नेपाली राजदूत सिफारिस - Mangsebung News
  • आइतबार, साउन २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारद्वारा २० देशका लागि नेपाली राजदूत सिफारिस

दमक । सरकारले बिभिन्न २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो ।

बालुवाटार स्रोतका अनुसार स्थानीय तह निर्वाचनका कारण निर्वाचन आचार संहिता लागू हुनु केही घण्टा समय बाँकी रहँदा मन्त्रिपरिषद्ले विभिन्न २० वटा मुलुकमा राजदूत सिफारिस गरेको हो ।

राजदूत सिफारिस भएकाहरुको संसदीय सुनुवाईपछि उनीहरुलाई जिम्मेवारीमा खटाइने संवैधानिक व्यवस्था छ ।

यी हुन् मन्त्रिपरिषद्को बैठकबाट नियुक्ति सिफारिस भएका राजदुतहरू

राजनीतिक दलबाट
१ विष्णुपुकार श्रेष्ठ – चीन
२ दानवहादुर तामाङ, दक्षिण अफ्रिका
३ शर्मिला पराजुली ढकाल, स्पेन
४ बाशुदेव मिश्र, श्रीलंका
५ मिलन तुलाधार, रसिया
६ कैलाश पोखरेल, अष्टेलिया
७ डिल्लीराज पौडेल, मलेसिया
८ शान्ता रिजाल, इजरायल
९ ज्योति प्याकुरेल, दक्षिण कोरिया
१० प्रा डा रामशुरज राय यादव, डेनमार्क
११ नवराज सुवेदी, साउदी अरव
१२ नरेश विक्रम ढकाल, (देश खुलेको छैन)

परराष्ट सेवाबाट
१३ घनश्याम भण्डारी
१४ हरिशचन्द्र घिमिरे
१५, तीर्थराज वाग्ले
१६, डोरनाथ यादव
१७, शशिल कमार लम्साल
१८, भरतकुमार रेग्मी
१९, निर्मलराज काफले
२०, दुर्गा वहादुर सुवेदी

 

सम्बन्धित खवर