कुम्मायक साहित्यिक एवं साँस्कृतिक सङगोष्ठी कार्यक्रम सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक साहित्यिक एवं साँस्कृतिक सङगोष्ठी कार्यक्रम सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक तथा साँस्कृतिक सङगोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

पृथ्वी माध्यमिक बिधालयको सभाहलमा भएको कार्यक्रममा समाज सेवा गरेका दस जना ब्याक्तित्व लाई अभिनन्दन पत्र प्रदान गरिएको थियो भने पुर्व राज परिषद स्थाइ सिमितिका सदस्य बमबहादुर सम्बाहाम्फे र पुर्व सामान्य प्रशासन राज्य मन्त्री डम्बरसिं सम्बाहाम्फेलाइ पनि सम्मान गरिएको थियो ।

नौलो साहित्यिक बिहान समाज र कुम्मायक कुस्सायक साहित्यिक समाज द्वारा आयोजित सो कार्यक्रममा प्रतियोगितात्मक अन्तर माध्यमिक बिधालय लोक नृत्य पनि भएको थियो । त्यसैगरी श्रष्टाहरु बाट दर्जन भन्दा बढी गजल कविता बाचन गरिएको थियो ।

उक्त कार्यक्रममा लोकगित तर्फ पृथ्वी मा,बि, का सामना लावती र साथीहरू प्रथम साथै खाल्डे मा,बि,का सेविका बोहोरा तितृय र सिद्ध मा,बि,तिङ्देनका मनिषा चेम्जोङ र साथीहरू दोस्रो स्थानमा बिजेता भएका थिए भने पृथ्वी मा,बि,का कुसुम र साथीहरूले सान्त्वना पुरस्कार पाएका थिए ।

नौलो साहित्यिक बिहान समाजका कार्यबाहक अध्यक्ष खडग बोहोराको अध्यक्षतामा सम्पन्न भएको साहित्यिक कार्यक्रममा गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ उपाध्यक्ष सीता आचार्य लगायत कार्यपालिका सदस्य र वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

कुम्मायक गाउँपालिकाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा मातृका सङ्ग्रौला, शान्ता गौतम , पाचथर गजल मन्चका सङ्कर आत्मा, डि, एम, कन्दङ्वा , श्याम नयन चन्द्र हेम्बे अविरल लगायतको उपस्थिति रहेको सो समारोहमा सहभागी बिजेताहरुलाइ सहायक प्रधान अध्यापक फुलकुमारी नेम्बाङ र प्रेम ओझाले नगद तथा प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।

 

सम्बन्धित खवर