- आन्छुमे नसान
माङसेबुङ । रंगकर्मी, कलाकार तथा निर्देशक सागर केरुङको शव्दभावहरुमा गायक भीम चेम्जोङको आवाजमा ‘स्याउलीको पातमा’को भिडियो सार्वजनिक गरिएको छ ।
कुशल चेम्जोङको निर्माणमा बुद्धराज लिम्बुको संगीत तथा गायक भीम चेम्जोङकै लिप्सिङ अभिनय रहेको ‘स्याउलीको पातमा’को भिडियो नेपाल मिडियाको अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नेपाल मिडिया ग्रुपको दोश्रो साँगितिक प्रस्तुती रहेको भिडियोको छायाँकन रजनी हाङ्सरुम्बा र सम्पादन गायक चेम्जोङ आफैंले गरेका छन् ।
मोनी ताम्लिङको संगीत संयोजन रहेको गीतलाई ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियो हेर्नुहोस…