दिनेशको निर्देशनमा गंगा र जसुको ‘पान्थरेनी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा गंगा र जसुको ‘पान्थरेनी’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । कलाकार तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा गायीका गंगा फियाक लिम्बू र गायक जसु थेबे लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘पान्थरेनी’को भिडियो सार्वजनिक गरिएको छ ।

संचारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा संगीतकार सेमिहाङ सिंगकको संगीतमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘पान्थरेनी’को भिडियो गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पान्थरेनी र चारखोले तरेमा तरेबाहरुको माया प्रेमलाई प्रस्तुत गरिएको भिडियोमा समिर सुव्वा(एलिस), सुनिता चेम्जोङ(तीनघरे कान्छी), एम.के. योङहाङ र कुसुम लिम्बूको अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गीतको भिडियोमा कृष्ण सुबेदीको मेकअप, देवराज सिग्देल(मोती)को छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर