स्थानीय तह निर्वाचनमा राप्रपा र संघीय मञ्च सत्ता गठबन्धनमा जोडिदै - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्थानीय तह निर्वाचनमा राप्रपा र संघीय मञ्च सत्ता गठबन्धनमा जोडिदै

दमक । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने संकेत देखाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई अझ बलियो बनाउँदै स्थानीय निर्वाचनमा समेत तलैसम्म तालमेल गरेर चुनाव लड्ने प्रतिबद्धता गरेका छन् ।

यसैक्रममा देशैभरी संगठन रहेको राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई केन्द्रस्तरमा नै गठबन्धन गरेर चुनावमा सहभागी गराउने तयारी समेत शुरु भएको बताइएको छ ।

विहीबार प्रदेश नं. १ स्तरीय बसेको गठबन्धनको बैठकले संघीय सरकारमा आवद्ध दल बाहेकका यि दुई दललाई समेत समेट्न केन्द्रलाई सर्कुलर गरेको बताएको छ । विराटगरमा बसेको बैठकले केन्द्रमा यि दुईदललाई गठबन्धनमा अटाउन आग्रह गर्ने बताइएको छ । मञ्च प्रदेश नं. १ को सरकारमा सहभागी दल हो ।

संघीय मञ्चमा संघीय महासचिव अशोक चेम्जोङका अनुसार गठबन्धन महानगर देखि तल वार्डसम्म नै लैजाने र चुनाव अफ्रिकी मोडेल एएनसी मोडलमा चुनावमा जाने सम्भावना बढेर गएको बताउँछन् । यसो नगरिए चुनाव चिन्ह मै समस्या आउने बताउँदै उनले भने एएनसी गरियो भने कुनै एउटा दलको चुनाव चिन्हबाट सबै दललको प्रतिनिधि अटाउन सकिने र सबै दलको सम्मान हुँदै चुनावमा आआफ्नो दलको अस्तित्व कायम रहने पनि उनले बताए ।

बैठकले सबै दलहरुले आआफ्नो दललाई जिल्ला देखि तल वार्डसम्म सर्कुलर गर्दै गठबन्धन गर्न आव्हान गरेको छ । प्रमुख प्रतिपक्षी दलले नेकपा एमालेलाई एक्लै बनाएर सत्ता गठबन्धन नेपाली कांग्रेस लगायतका दलहरु यतिबेला शसक्त तयारीमा जुटेका छन् ।

 

सम्बन्धित खवर