लोकेनको निर्देशनमा शान्तिराम र सुनिताको ‘हिम थाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेनको निर्देशनमा शान्तिराम र सुनिताको ‘हिम थाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । बिश्वव्यापी अन्लाईन पालाम गायन प्रतियोगिताका बिजेत सुनिता केदेम लिम्बु र टप ५ मा पर्न सफल शान्तिराम खरेलको सुमधुर आवाजमा सजिएको पालाम ‘हिम थाङ’ सार्वजनिक गरिएको छ ।

निर्देशक लोकेन साम्बा लिम्बूको निर्देशनमा गीतकार सुवर्ण नेम्बाङको शव्द संकलन रहेको खेदा ५ मा समाबेस भएको पालाम ‘हिम थाङ’ रुबूशा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

रुकमान लिम्बु, भिम लिम्बु, पुर्ण सेत्लिङ्, शिब कुमार सम्म्बाहाङ्फे, दिवस पयाङ्गु, मनु थक्लुङ लिम्बु, अभिषेक केरुङ्, कृष्ण राज नेम्बाङ्, राजन नेम्बाङ्, जिबन केदेम्, शान्तिराम खरेल्, आशिश लिम्बु, रानी चोङ्बाङ, सुनिता केदेम , दिपा सुहाङ्, तारा थेबे, इन्दिरा चोङ्बाङ्, बत्तिमायालिम्बु, रेश्मा लिम्बु, खुशी थुलुङ्, शान्ती निङ्लेकु, रानी चोङ्बाङ् लगायतका कलाकरहरुको अभिनय रहेको पालाममा गायक शान्तिराम खरेलको लय संकलन, अशोक लोहरुङ राईको संगीत संयोजन र छिरिङमा शेर्पाको मेकअप रहेको छ ।

गायक गायिकाहरु भीम लिम्बु,दिवस पयाङ्गु, दिपा सुहाङ्, रानी चोङ्बाङ, रोजिना थेगिम्, तारा थेबे, खुशी थुलुङ, रुकमान लिम्बुको समेत स्वर रहेको छ ।

सब टाईटल डि.बि आङ्बुङ्, पोस्ट प्रोडक्सन् रुबुशा कृएटिभ वर्क्स प्रा.लि. काठमान्डौ, ब्याकराउन्ड म्युजिक बिनोद लामाको र छायांकन उत्सव दाहाल र सम्पादन् बिकाश दाहालको रहेको छ ।

पालाम हेर्नुहोस…

 

सम्बन्धित खवर