भूपेन्द्रको निर्देशनमा त्रिभुवन र सोना अभिनित ‘चोत्लुङ पार्क’ सार्वजानिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भूपेन्द्रको निर्देशनमा त्रिभुवन र सोना अभिनित ‘चोत्लुङ पार्क’ सार्वजानिक(भिडियो सहित)

माङसेबुङ । किरात याक्थुङ चुम्लुङ हङकङका पुर्व अध्यक्ष तथा हङकङमा लामो समय देखि व्यावसाय संचालन गर्दै आएका समाजसेवी त्रिभुवन लुम्फुङ्वाद्वारा अभिनित लोकप्रिय गीत ‘चोत्लुङ पार्क’ को भिडियो सार्वजनिक भएको छ ।

मंगलबार ललितपुरस्तिथ युङ्चाहिममा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको कार्यक्रममा प्रमुख अतिथि चर्चित गायक राजेश पायल राईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सोना लिम्बु, त्रिभुवन लुम्फुङ्वा, विष्णु मोक्तान र संगीता लावतीको मुख्य अभिनय रहेको गीत ‘चोत्लुङ पार्क’ को भिडियो गायीका सुनिता सङ्यक लिम्बूको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायाँकनमा दिनेश माङ्मुको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको भिडियोमा टिआर सेनेहाङ, रवि किरण मादेन, फिपराज थुलुङ राई, रितुराज राई, दलमान माबुहाङ, दुर्गा लिम्बु र पुष्पा लिम्बु लगायतले समेत अभिनयमा साथ दिएका छन् ।

भिडियोका मोडल लुम्फुङ्वाले यो आफ्नो पहिलो म्युजिक भिडियो भएको र आफू व्यावसायिक कलाकार नभएर मनोरञ्जनको रुपमा मात्रै प्रस्तुत भएको बताए ।

त्यस्तै, कलाकार तथा मुन्धुमविद यासेली योङ्हाङले आफू र आफू सम्वद्ध संस्था किरात याक्थुङ चुम्लुङको तर्फबाट उक्त भिडियोका लागि शुभकामना व्यक्त गरेका थिए । ‘चोत्लुङ पार्क’ भिडियो निर्माण समुहको काम विगतमा पनि नियाँलेको हुँदा यस भिडियोप्रति कुनै शंका नरहेको उनको भनाइ थियो ।

विमोचन कार्यक्रममा अन्य अतिथिहरु चलचित्र विकास वोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्धन समितिका अध्यक्ष साथै याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, प्रथम नेपाली तारा दिपक लिम्बु, निर्देशक तथा छाँयाकार भुपेन्द्र तुम्बाहाम्फे, निर्देशक किरण चाम्लिङ, जेपी नेम्बाङ, पदम राई, नृत्य तथा मोडल अनिसहाङ लाओती लगायत रहेका थिए ।

भिडियो निर्माण हुनु अघि नै लाखौं स्रोताहरुको मन जितिसकेको गीत ‘चोत्लुङ पार्क’साहित्यकार दिलदुखी जन्तरेले लेखेका हुन् । सुुसुवेन संजय तुम्बाहाङ्फेको संगीत रहेको उक्त गीतमा गायीका सुनिता संयक लिम्बु र गायक पेपराज माबुहाङ लिम्बुको सुमधुर आवाज रहेको छ । गीतको संगीत संयोजन टेकेन्द्र यक्सो र मिक्सिङ राजु कार्कीले गरेका छन् ।

शेरबहादुर लक्सम्बा, हिम सिंगक, पृथ्वि इङ्नाम र रेजिन साँवाको निर्माणको बनेको सो गीतको भिडियोलाई तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकास्थित चोत्लुङ पार्कमा छायाँकन गरिएको हो ।

लोकप्रिय गायक भगत सुव्वाको विशेष आतिथ्यतामा सम्पन्न विमोचन कार्यक्रमलाई विश्व लिम्बुले संचालन गरेका थिए ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर