- आन्छुमे नसान
माङसेबुङ । गीतकार दिपेन्द्र खड्काको शव्दभावहरुमा गायक सिडी बिजय अधिकारीको संगीत तथा कर्णप्रिय आवाजमा मनछुने गीत ‘मेरो यो शरिर जलाई दिनु’ भिडियो सार्वजनिक गरिएको छ ।
निर्देशक देवेन्द्र कुँवरको निर्देशनमा भिा खड्का र रेखा तुम्सा खड्काको अभिनय रहेको गीत ‘मेरो यो शरिर जलाई दिनु’ भिडियो आहा टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
लागु औषधमा फसेपछि पारिवारिक जीवनमा उत्पन्न हुने समस्या र त्यस्को परिणामलाई प्रस्तुत गरिएको भिडियोमा समाजमा भईरहेको यथार्थपरक घटनालाई उजागर गरिएको छ ।
शुसिल डाँगीको छायाँकन, कल्पना लिम्बूको मेकअपमा पूर्ण लिम्बू, हरि ढकाल र चन्द्रकुमार गिरीको समेत अभिनय रहेको भिडियोमा मिन रावलको सम्पादन तथा कलरिङ रहेको छ ।
भिसम आचार्यको संगीत संयोजनमा स्टुडियो किङ्गमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
भिडियो हेर्नुहोस…