इलामको नेकपा एमाले पार्टी कार्यलयमा तालाबन्दी - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको नेकपा एमाले पार्टी कार्यलयमा तालाबन्दी

इलाम । उम्मेद्धारी छनौटमा असन्तुष्टी जनाउदै नेकपा एमाले इलामको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

शनिवार साँझ पार्टीका असन्तुष्ट युवाले इलाम नगरपालिकाको मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगीएको भनेर सामाजिक संजाल मार्फत सार्वजनिक भए लगतै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन ।

मेयरमा सिफारिस भएका ब्यक्तिको बिषयमा छलफल नगरी भट्टराईलाई मेयरमा सिफारिस गरिएको भन्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष तिलक ठकुरी सहित २२ जनाले सामुहिक राजीनामा दिएका छन ।

एमालेबाट इलाम नगरपालिकाको मेयरका लागि भट्टराई संगै धिरेन चेम्जोङ, कृष्ण श्रेष्ठ लगायको नाम सिफारिस भएको थियो ।

सम्बन्धित खवर