दुई महानगरपालिकामा जसपाले तोक्यो उम्मेद्वार - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दुई महानगरपालिकामा जसपाले तोक्यो उम्मेद्वार

दमक । जनता समाजवादी पार्टी, नेपाल (जसपा) मुख्यालयले विरगञ्ज महानगरपालिका र बिराटनगर महानगरपालिकामा प्रमुख र उप–प्रमुख पदका उम्मेद्वार टुङ्गो लगाएको छ ।

आइतबार बसेको मुख्यालयको बैठकले विरगञ्जको प्रमुखमा राजेशमान सिंहलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो भने बिराटनगरको उप–प्रमुखमा अमरेन्द्र यादवलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

विरगञ्ज महानगरपालिका प्रमुखको उम्मेद्वार बनेका सिंह ०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेद्वार नी तेस्रो भएका थिए ।

उनी गत चैत ७ गते लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) छाडेर जसपा प्रवेश गरेका हुन् । नेता सिंह मधेस आन्दोलनका चर्चित नेताहरुमध्ये एक हुन् ।

त्यस्तै बिराटनगर महानगरपालिकाको उप–प्रमुखको उम्मेद्वार यादव जसपा बिराटनगर महानगर समितिका अध्यक्ष हुन् ।

उनले महानगरको नेतृत्वमा आउँदा समेत पार्टीभित्र लोकप्रिय मत पाएर अध्यक्षमा निर्वाचित भएका थिए । उनी युवामाझ लोकप्रिय छन् ।

मुख्यालयको निर्णय सार्वजनिक गर्न जसपा केन्द्रीय कार्यालय बालकुमारीबाट जारी प्रेस नोटमा पाँच दलीय गठबन्धनमा भएको सहमति अनुसार दुई वटा महानगरमा पार्टीको तर्फबाट उम्मेद्वार तोकिएको उल्लेख छ ।

जसपा मुख्यालयमा कार्यकारी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई तीन शीर्ष नेता छन् ।

पाँच दलीय गठबन्धनबीच देशैभरका महानगरपालिका र उप–महानगरपालिकाहरुमा चुनावी गठबन्धन गर्ने सहमति अनुसार जसपाको भागमा विरगञ्जको प्रमुख र बिराटनगरको उप–प्रमुख परेको थियो ।

 

सम्बन्धित खवर