भूपेन्द्रको निर्देशनमा सेमीहाङ र दीपाको ‘हिउँ बोकेर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भूपेन्द्रको निर्देशनमा सेमीहाङ र दीपाको ‘हिउँ बोकेर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । प्रवास सिंगापुरमा रहेर पनि नेपाली तथा लिम्बू गीत संगीतलाई माया गरिरहने सर्जक गायक तथा संगीतकार सेमीहाङ सिंगक लिम्बू र गायीका दीपा लामाको मनछुने आवाजमा सजिएको ‘हिउँ बोकेर’ को भिडियो सार्वजनिक गरिएको छ ।

सोमबार काठमाण्डौ थापा गाउँस्थित मण्डला थिएटरमा चर्चित गायक राजेश पायल राईको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि ‘हिउँ बोकेर’ को भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार हाङपाल आङबुहाङको शव्द, सेमीहाङ सिंगककै संगीतमा भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायाँकनमा निर्माण गरिएको ‘हिउँ बोकेर’ भिडियो गायक सेमीहाङ सिंगक लिम्बूको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोमा गरीमा शर्मा र क्रिस गुरुङको अभिनय रहेको छ भने, सुवोल थापाको कोरीयोग्राफी, कल्पना लिम्बूको मेकअप तथा अनिल रानाको सम्पादन रहेको छ ।

राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङ राईले रेकर्ड गरेको गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर