माई नगर प्रमुखमा ८ जनाको उम्मेदवारी - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माई नगर प्रमुखमा ८ जनाको उम्मेदवारी


माई । इलामको माई नगरपालिका प्रमुखमा ८ जनाको उम्मेदवारी परेको छ । नगर प्रमुखमा २ जना स्वतन्त्र सहित ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धनकुमार लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट खम्बसिंह लिम्बु, मंगोल नेशनल अगनाईजेसनबाट चन्द्रकुमार फागो, राष्ट्रिय जनमुक्तिका गंगा प्रसाद थेगिम र राप्रपाका लालबहादुर थापाले उम्मदेवारी दर्ता गराएका हुन् ।

गठबन्धनबाट बागी उम्मेदवारको रुपमा नेकपा एकिकृत समाजवादीका अनिल तामाङ, गंगाराम काफ्ले (अर्जुन) र भक्तबहादुर लुङ्गेलीले समेत उम्मेदवारी दिएका छन् । लुङ्गेलीलाई गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नगर प्रमुखको रुपमा अघि सारेको थियो । काफ्ले नेपाली कांग्रेस माई नगरका सचिव हुन् । तामाङ एकिकृत समाजवादीका नगर अध्यक्ष हुन् ।

उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमबहादुर लिम्बु, नेकपा एमालेबाट हिमा भण्डारी, मंगोल नेशनल अर्गनाइजेसनबाट सपना राई र जनुमक्ति पार्टीबाट रुपमाया लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित खवर