माङसेबुङ अध्यक्षमा इधिङगो र माक्रेहाङ उपाध्यक्षमा नेम्बाङ र सुव्वाविच कडा प्रतिस्पर्धा - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ अध्यक्षमा इधिङगो र माक्रेहाङ उपाध्यक्षमा नेम्बाङ र सुव्वाविच कडा प्रतिस्पर्धा

माङसेबुङ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धनबाट माङ्सेबुङ गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसबाट डिकेन्द्र इधिङ्गो र उपाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालबाट बिनोद नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरि नेकपा एमालेको तर्फबाट अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता सुब्बाले मनोनयन दर्ता गराएका छन् ।

सोमबार गठबन्धनका उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि निर्वाचन अधिकृतको कार्यालय इभाङमा पुगेर नेकपा एमालेको तर्फबाट अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता सुब्बाले क्रम संख्या १ मा मनोनयन दर्ता गराएका थिए ।

स्थानीय तहको पहिलो निर्वाचनमा समेत नेपाली कांग्रेस र जसपाबीच चुनावि तालमेल भएको थियो । जसमा कांग्रेसबाट अध्यक्ष डिकेन्द्र इधिङगो र जसपाबाट विनोद नेम्बाङकै उम्मेदवारी रहेको थियो ।

इधिङगो कांग्रेस जसपा चुनावि तालमेल गरी माङसेबुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्षका उम्मेदवार नेम्बाङ पराजित भएका थिए ।

स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा एमालेको तर्फबाट राई र सुब्बा नै क्रमश अध्यक्ष र उपाध्यक्षको उम्मेदवार थिए ।

यतै अध्यक्ष पदका उम्मेदवार राई नेकपा एमाले माङ्सेबुङ गाउँ कमिटिका अध्यक्ष हुन भने सुब्बा सचिव हुन् । यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका हेमन्त राई पराजित भएका थिए ।

गठबन्धन भित्र नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष सहित ३ वटा वडा, जनता समाजवादी पार्टीलाई गाउँपालिका उपाध्यक्ष, माओवादीकेन्द्रलाई २ वटा वडा र राष्ट्रिय जनमुक्ति पार्टिलाई १ वटा वडा भागमा परेको छ ।

उपाध्यक्षमा नेकपा एमालेले माङसेबुङ गाउँपालिका उपाध्यक्षमा सुनिता सुब्बालाई नै दोहो¥याएको छ ।

सम्बन्धित खवर