इलाम । आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इलाममा १ हजार ४ सय ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १० पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र ८१ वडाका अध्यक्ष, सदस्य गरी ४ सय २५ जना निर्वाचित हुनेमा तेब्बरभन्दा बढीको उम्मेदवारी परेको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका १० पालिकामा प्रमुख÷अध्यक्षका लागि ५९, उपप्रमुख÷उपाध्यक्षका लागि ४४, वडाध्यक्षका लागि ३ सय ३४, खुला सदस्यका लागि ५ सय ५२, महिला सदस्यका लागि २ सय ५१ र दलित महिला सदस्यका लागि २ सय १६ जनाले मनोनयन दर्ता गराएका छन् ।
इलाम नगरपालिकाको प्रमुख पदमा ६ जना, उपप्रमुखमा ७ सहित २ सय जना, चुलाचुलीको अध्यक्षमा ९, उपाध्यक्षमा ६ सहित १ सय ५५, देउमाईको प्रमुख र उपप्रमुखमा ५÷५ सहित १ सय ३५ र फाकफोकथुमको अध्यक्ष र उपाध्यक्षमा ५÷५ सहित १ सय २५ जनाको उम्मेदवारी परेको छ ।
माई नगरपालिकाको प्रमुखमा ९ तथा उपप्रमुखमा ४ जनासहित २ सय ६, माइजोगमाई गाउँपालिकाको अध्यक्षमा ४, उपाध्यक्षमा ३ सहित ७७, माङ्सेबुङको अध्यक्षमा ४ र उपाध्यक्षमा २ सहित ७९, रोङको अध्यक्षमा ६, उपाध्यक्षमा ४ सहित १ सय ४ जनाको उम्मेदवारी परेको छ। सन्दकपुरको अध्यक्षमा ६, उपाध्यक्षमा ३ सहित ८१ र सूर्योदयको प्रमुख–उपप्रमुखमा ५÷५ जनासहित २ सय ९४ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।
जिल्लाका १० पालिकामा १० प्रमुख÷अध्यक्ष र १० उपप्रमुख÷उपाध्यक्ष निर्वाचित हुन्छन् । जिल्लाका ८१ वडामा १÷१ अध्यक्ष, प्रत्येक वडामा २ खुला सदस्य, १ महिला सदस्य र १ दलित महिला सदस्य निर्वाचित हुने व्यवस्था छ ।