- पदम सुखी सम्बाहाम्फे
कुम्मायक । कुम्मायक गाउँपालिकाको ५ वटै वडामा ४ दलिय गठबन्धनको चुनावी प्रचारप्रसारलाई तिब्र पारिएको छ । गाउँपालिकाको वडा न, ५ पिपलबोटे साथै वडा नम्बर ४ को तिल्के आहाले सिवादोभान यसैगरी वडा नम्बर १, २ र ३ को विभिन्न टोलमा गरिएको ४ दलिय चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रमले मतदाताहरु उत्साहित रहेको गठबन्धनका उम्मेदवार बम लावतिले बताएका छन ।
राष्ट्रिय राजनितीमा फोहोरी खेल खेलेकोले एमाले पार्टीलाई परित्याग गरि सर्बहारा जाती र बर्ग समुदायको समुन्नत बिकासका लागि चुनावी मैदानमा उत्रनु परेको प्रखर युवा नेता मनोज बोहोराको भनाइ छ ।
यसैगरी गाउपालिकाको वडा नम्बर ४ रानिगाउमा तिसौ बर्ष भन्दा बढी गडेको एमाले पार्टीको सामन्ती प्रथालाई जरैदेखि उखेल्नको निम्ति न्यायप्रेमी उत्पीडित सर्बहारा बर्ग एकजुट हुनुपर्ने युवा नेता भगिमान सम्बाहाङ्फेको कथन छ । युवा नेताहरू महेन्द्र खड्का , बालकृष्ण शेर्मा , देबेन्द्र लावति, नरेन्द्र कार्की लगायतका अन्य समावेशी उम्मेदवारहरुको उपस्थितिले यसपटक कुम्मायक गाउपालिकाको मुहार फेरिने भएको छ ।
यश गाउँपालिकामा आगामी बैशाख ३० गते सम्पन्न हुने मतदान केन्द्र र स्थान समेत निर्वाचन कार्यलयले सार्वजनिक गरिसकेको छ जसअनुसार वडा नम्बर १ को पृथ्वी मा,बि र खाल्डे मा,बि खाल्डे, वडा नम्बर २ को सिद्ध सरस्वती मा.बि. र श्रीधाम सरस्वती आ.बि. धुपिङ, वडा नम्बर ३ को त्रिभुवन माध्यमिक बिधालय सिम्राहा र सार्बजनिक माध्यमिक बिधालय चुङ्साङ्ली रहेकोे छ वडा नम्बर ४ को सिद्ध माध्यमिक बिधालय तिङ्देन साथै वडा नम्बर ५ को कागेस्वरी आ,बि, भुल्के साथै देउराली आ.बि. निगाले टोल र महेन्द्रोदय माबी पिपलबोटेका स्थान तोकिएको छ ।
स्थानीय सरकार – विभेद ,उत्पीडन र भ्रष्टाचारको अन्त्य, शुशासन, सामाजिक न्याय, समतामूलक समाजको निर्माण, निःशुल्क शिक्षा, स्वास्थ्य र खानेपानी, बेरोजगारलाई रोजगार भन्ने मुल नाराका साथ पाचवटै वडामा गठबन्धनका उम्मेदवारहरु जनताको घरदैलो कार्यक्रममा छ्न । गत सोमबार मात्रै निर्वाचन कार्यलयमा ९ वटा दलका जम्मा ८१ जनाको उम्मेदवारले मनोनयन दर्ता गरेकोमा आजसम्म कुनै उम्मेदवारीले आफ्नो नाम फिर्ता नलिएको पनि निर्वाचन अधिकृत विश्व जंग सिजापतिले बताएका छ्न ।